अर्घाखाँचीमा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या ।

अर्घाखाँचीमा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका-१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन्।


बलबहादुर र लक्ष्मी बिच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए। रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ।

Comments

Popular posts from this blog

कोइला बालेर सुतिरहेको अवस्थामा भारत को मेरठमा एकै परिवारका तीन नेपालीको दु:खद निदन भएको छ।

धुर्मुस-सुन्तली फाउण्डेशनलाई कोरियाबाट १२ लाख सहयोग

YOUR 105 RUPEES CAN SAVE ANYONE LIFE🙏🙏