Posts

कोइला बालेर सुतिरहेको अवस्थामा भारत को मेरठमा एकै परिवारका तीन नेपालीको दु:खद निदन भएको छ।

Image
बन्द कोठामा रेलमा प्रयोग हुने कोइला बालेर सुतिरहेको अवस्थामा भारतको मेरठमा रोजगारी गर्दै  आएका गौरीगङ्गा नगरपालिका १ गोप्काका कैलालीका  चन्ने भुल उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरी सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ ।

अर्घाखाँचीमा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या ।

Image
अर्घाखाँचीमा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका-१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन्। बलबहादुर र लक्ष्मी बिच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए। रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ।

YOUR 105 RUPEES CAN SAVE ANYONE LIFE🙏🙏

Image
YOUR 105 RUPEES CAN SAVE ANYONE LIFE🙏🙏 हार्दिक अपिल!!! त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रिय विभाग अन्तर्गत तेस्रो सेमेस्टर अध्ययनरत  जेहनदार छात्र तथा हाम्रा मित्र र यस समाजका सक्रिय सदस्य श्री प्रशान राईको Prashan Rai तेस्रो सेमेस्टरको फिल्ड वोर्क ( बेनी -मुस्ताङ ) अध्ययनका  क्रममा चट्टान को टुक्राले दाहिनेआँखामा लागी   गम्भीर चोट लागी  Iris छुटिन गई १८० डिग्रीमा घुमेको अवस्था मा उपचाररत रहँदा आँखामा रहेको Protien Fiber चुँडिदा हाल आएर Traumatic Cataract ( मोतिविन्दु ) समेत देखिएको र आँखाँको Lens समेत फेर्न उपचारका लागि भारत लैजान  पर्ने र निजको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारणले   यस समाजका सदस्य, पूर्व सदस्य, भूगर्भशास्त्री, भूगर्भशास्त्र अध्ययनरत विद्यार्थी हरू लगायत सम्पूर्ण आम जनमानसलाई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौँ ।  तपाईँहरूको सानो सहयोगले निजको उपचारमा ठुलो सहयोग हुने हुँदा  यस समाज मार्फत सङ्कलित रकम निजलाई हस्तान्तरण गरिनेछ । Bank/Branch: Global IME Bank, Kritipur  Account Name: NEPAL GEOLOGICAL STUDENTS&#

धुर्मुस-सुन्तली फाउण्डेशनलाई कोरियाबाट १२ लाख सहयोग

बैदेशिक रोजगारीका लागि कोरियामा रहेका नेपाली युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ले महोत्तरीमा मुसहर बस्ती बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेसनलाई करिव १२ लाग सहयोग गरेको छ ।